थप समाचारबुधबार, चैत्र १८, २०७१
सीआईबीको अब्बल अनुसन्धान
रानीबारी र न्यायाधीश बम हत्याकाण्डको रहस्य सुल्झाएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अपराध अनुसन्धानमा नेपाल प्रहरीको अब्बलता पुष्टि गरेको छ ।
रामेश्वर बोहरा
१२ वर्ष, १८ वटा छानबीन समिति, तर उपलब्धि शून्य । प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई फाइल बुझउँदा रानीबारी हत्याकाण्ड अनुसन्धानको अवस्था ठ्याक्कै यस्तै थियो ।
“त्यही शून्यतामै टेक्यौं र सफलता हात पार्यौं”, सीआईबी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) हेमन्त मल्ल ठकुरी (५२) भन्छन्, “आशंकित व्यक्तिभन्दा त्यही समयमा भएका अरू घटनाको सूक्ष्म अध्ययन गर्यौं, धेरै कुरा खुल्दै गए ।”
सीआईबीले १२ वर्षसम्म रहस्यमै रहेको रानीबारी हत्याकाण्डको अनुसन्धान सफल पार्दै २९ फागुनमा मुख्य अभियुक्तद्वय मनराज गुरुङ र प्रमेश चौहानलाई पक्राउ गरेसँगै जनमानसमा आलोचित बन्न पुगेको नेपाल प्रहरीको छवि एकाएक उज्यालो बनेको छ ।
सीआईबीले केही समय अघि मात्र प्रहरीभित्रै लाजमर्दो बनिरहेको सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बम हत्याकाण्डको रहस्य समेत उजागर गरेको थियो ।
चार महीनाअघिको एक भेटमा महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख एसएसपी पुष्कर कार्कीले डीआईजी मल्लतर्फ संकेत गर्दै भनेका थिए, “न्यायाधीश बम र रानीबारी हत्याकाण्डको फाइल त्यस्तो अधिकृतको हातमा पुगेको छ, सुल्झए यिनैले सुल्झउँछन्, यिनले पनि नसके अरूले सुल्झउन असम्भवप्रायः छ ।”
कार्की जस्ता धेरै प्रहरी अधिकृतको यस्तो अपेक्षा गलत ठहरिएन । नेपाल प्रहरीको क्षमतामा प्रश्न तेर्सिएका रानीबारी र वम हत्याकाण्डसँगै ठकुरीको नेतृत्वमा सीआईबीले पछिल्लो ८ महीनामा थाइल्याण्डमा अपहरित तीन नेपालीको उद्धार, २७ वटा गैंडा मारेर मलेशिया भागेका राजकुमार प्रजालाई पक्राउ, नेपाली युवती विवाह गरी चीन, दक्षिणकोरिया, खाडी र अफ्रिकी मुलुकमा मानव तस्करी गर्ने गिरोहलाई कठघरामा ल्याउने जस्ता महŒवपूर्ण उपलब्धि हासिल गरेको छ ।
क्षमता र निष्ठाका लागि प्रहरीवृत्तमा परिचित यी अधिकृतको कामले संगठनको गिर्दो साखलाई टेको दिएको छ । तर, ठकुरी स्वयं भने यस्तो प्रशंसाप्रति सहमत छैनन् ।
आफूले कुनै असाधारण काम नभई निर्दिष्ट जिम्मेवारी मात्र पूरा गरेको बताउने उनी पछिल्लो सफलताको श्रेय सिंगो टीमलाई जाने बताउँछन् । उनी भन्छन्, “भूमिका हरेक व्यक्तिका महŒवपूर्ण होलान्, तर परिणाममुखी बनाएको समूहले हो, यो सफलता नेपाल प्रहरीको हो ।”
ठकुरीको भनाइलाई आधार मान्ने हो भने सीआईबीको अहिलेको टोली सबै हिसाबमा दक्ष होइन । तर, योग्य भने हो । र, यसैका कारण सफलता हासिल भइरहेको छ । भन्छन्, “विकसित देशमा जस्तो दक्ष जनशक्ति र अत्याधुनिक प्रविधि खोजेर हुन्न । जे छ त्यसैको अधिकतम उपयोग गर्ने हो । हामीले त्यही गर्यौं ।”
जटिल प्रकृतिका र संगठित अपराध अनुसन्धान गर्ने उद्देश्य सहित स्थापित सीआईबीका अघिल्ला नेतृत्वले आर्थिक र राजस्व ठगीसँग जोडिएका मुद्दालाई प्राथमिकता दिएका थिए । तर, आठ महीनाअघि नेतृत्वमा आएका ठकुरीले जघन्य अपराधलाई प्रमुख चुनौती ठाने ।
सीआईबीले पछिल्लो समय नसुल्झ्एिका पुराना घटनाको फाइल पल्टायो, नयाँ केसलाई पनि उत्तिकै महŒव दियो । परिणाम सबैलाई अवगत नै छ । जघन्य अपराधका घटनामाथिको सफलताले अरूखाले अनुसन्धानमा भन्दा जनमानसमा सुरक्षा भावना बढाउने ठकुरीको तर्कमा दम छ ।
सीआईबीका परिणाममुखी अनुसन्धानका पछाडि अरू कारण जोडिएका छन् । प्रहरी मुख्यालयले आवश्यक न्यूनतम साधनस्रोतमा चिन्ता लिनु नपर्ने अवस्था निश्चित गरिदिएको छ ।
प्रहरीको लागूऔषध कानून कार्यान्वयन इकाइमा १३ वर्ष बिताएपछि अपराध अनुसन्धानमा संगठनभित्र बेग्लै पहिचान बनाएका डीआईजी ठकुरीसँग सफलताको कुनै नयाँ ‘सूत्र’ भने छैन ।
“सबैभन्दा ठूलो कुरा व्यक्तिगत रुचि अनि जिम्मेवारीलाई कुन रूपमा लिने भन्ने हो । प्रहरी आफ्नो ड्युटीमा केन्द्रित भइदिए पुग्छ” उनी भन्छन् । प्रहरीमा सही मान्छेलाई सही ठाउँमा जिम्मेवारी नदिइएको गुनासो हुन्छ । त्यसो गर्दा मात्र पनि अझ् धेरै उपलब्धि हासिल गर्न सकिने उनको तर्क छ ।
रानीबारी हत्याकाण्डको सफल अनुसन्धानपछि हरेकजसो जिल्लाबाट पुराना घटनाको अनुसन्धान गरिदिन आग्रह आएको बताउने उनी अहिले अरू ‘पेन्डिङ केस’ को अनुसन्धानमा व्यस्त छन् । भर्खरै मात्र सीआईबीले आठ वटा ठूला घटना अनुसन्धानको जिम्मा दिन प्रहरी मुख्यालयमा आग्रह गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
