थप समाचारबिहीबार, चैत्र १९, २०७१

प्रश्नपत्र बजारमा भेटिएपछि परीक्षा स्थगित

हिमालखबर

lahanसिरहामा पछिल्लो तीनदिनदेखि भइरहेको निमावि तहको कक्षा ८ को जिल्लास्तरीय परीक्षाको प्रश्नपत्र बाहिरिएको पुष्टि भएपछि शुक्रबार लिइने सामाजिक विषयको परीक्षा स्थगन गरिएको छ ।

जिल्ला शिक्षा कार्यालय सिरहाका परीक्षा शाखा प्रमुख रामअशिष यादवले १९ चैतमा भएको विज्ञान विषयको प्रश्नपत्र परीक्षाअगावै बाहिरिएको स्वीकार्दै सामाजिक विषयको परीक्षा स्थगन गरिएको जानकारी दिए ।

उनले जिल्लामै छापिएको प्रश्नपत्र प्रेसमा पोका पार्दा नै यताउता भएको हुन सक्ने आशङ्का व्यक्त गर्दै प्रेसबाट त्यसो भएको पुष्टि भएमा प्रेस मालिकलाई समेत कारबाही गरिने बताए । सामाजिक विषयको स्थगित परीक्षा २५ चैतमा लिइने योजना छ ।

विगतमा पनि संस्थागत विद्यालयले नै परीक्षाअगावै प्रश्नपत्र बाहिर्‍याउने गरेको आरोप लागेपछि जिल्ला शिक्षा कार्यालयले यो वर्षदेखि हरेक विषयको प्रश्नपत्र हरेक दिन विद्यार्थी सङ्ख्याका आधारमा परीक्षा हुने विद्यालय रहेको क्षेत्र हेर्ने प्रहरी एकाइबाट लग्ने व्यवस्था गरेको छ ।

आज बिहान १०:३० बजेदेखि भएको विज्ञान विषयको प्रश्नपत्रसमेत परीक्षाअगावै बजारमा भेटिएको भए पनि परीक्षा भने लिइएको छ । परीक्षाअगावै प्रश्नपत्र बजारमा भेटिएपछि कक्षा ८ का विद्यार्थी स्थानीय फोटोकपी सेन्टरमा किन्न घुइँचो लाग्ने गरेका छन् ।

कमिसनको चक्कर
जिल्लास्तरमा लिइने निमावि तहको कक्षा ८ को परीक्षा सञ्चालन खर्चका लागि आवश्यक प्रश्नपत्र, उत्तरपुस्तिकासहित अन्य परीक्षा सामग्री खरिदका लागि शिक्षा विभागबाट राम्रै बजेट आउने भए पनि सुरक्षित प्रेसमा प्रश्नपत्र नछापिनु कमिसनको चक्कर रहेको बताइन्छ ।

केन्द्रबाट आउने बजेट, एन–प्याब्सन र प्याब्सनले परीक्षाका लागि उठाएर दिनेसहित करिब रु १० लाख बजेटमा जिल्ला शिक्षा कार्यालयमा पहुँच भएका शिक्षक नेताहरुले कमिसनका लागि जिल्लाकै प्रेसमा प्रश्नपत्र छाप्न दिएकाले समस्या उत्पन्न भएको नाम उल्लेख नगर्ने शर्तमा एक शिक्षकले बताए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>