समाचारबिहीबार, कार्तिक १६, २०६९
नेपाल प्रहरी प्रवक्तामा केशव अधिकारी
यसअघि प्रहरी प्रवक्ताको जिम्मेवारी प्रहरी नायव महानिरीक्षक विनोद सिंहले सम्हाल्दै आएका थिए ।
१६ कार्तिकदेखि प्रवक्ताको जिम्मेवारी सम्हालेका अधिकारीले २०४३ सालदेखि प्रहरी निरीक्षक पदबाट सेवा शुरु गरेका हुन् ।
प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा उनले नेपाल प्रहरीलाई विगतमा जस्तै सहयोग गर्न सञ्चारकर्मीहरुलाई आग्रह गरेका थिए । रासस

