थप समाचारसोमबार, चैत्र २३, २०७१
दाङको तुलसीपुरबाट मालपोत र नापीको सेवा शुरु
दाङको तुलसीपुरमा मालपोत तथा नापी कार्यालयको स्थापना गरी सेवा आरम्भ गरिएको छ ।
कार्यालयको उद्घाटन पुनरावेदन अदालत तुलसीपुरका मुख्य न्यायाधीश शम्भुबहादुर खड्काले गरे । उनले सेवा प्रवाहमा कुनै कञ्जुस्याइँ र ढिलासुस्ती नगर्न आग्रह गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेलले प्रजातन्त्रमा विकेन्द्रीकरण र नजिकबाट जनतालाई सेवा प्रदान गर्नु उपयुक्त विधि भएको भन्दै कार्यालय नयाँ भएको बहानामा सेवा प्रवाहमा कुनै कसर बाँकी नराख्न निर्देशन दिए ।
सेवा प्रारम्भ भएसँगै अब जग्गासम्बन्धी कारोबार गर्न सदरमुकाम घोराही पुग्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।
दाङका डुरुवा गाविसदेखि पुरन्धारा गाविससम्मका नागरिकले तुलसीपुरको मालपोत र नापी कार्यालयबाट लाभान्वित हुनेछन् । यसअघि दाङको घोराहीमा मात्रै मालपोत र नापी कार्यालय थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
