थप समाचारसोमबार, चैत्र २३, २०७१

राजदूतमा उपाध्याय र कार्की नियुक्त

हिमालखबर

deepakराष्ट्रपति रामवरण यादवले दीपकुमार उपाध्यायलाई भारत र अर्जुनकुमार कार्कीलाई संयुक्त राज्य अमेरिकाका लागि आवासीय नेपाली राजदूतमा नियुक्त गरेका छन् ।

नियुक्तिका लागि सरकारद्वारा सिफरिस गरिएका उपाध्याय र कार्कीको नाम व्यवस्थापिका–संसद्को संसदीय विशेष सुनवाई समितिले अनुमोदन गरेपछि सरकारले सहमति (एग्रिमो) का लागि सम्बन्धित मुलुकमा पठाएको थियो ।

सहमति आएपछि २१ चैतमा उनीहरूलाई राष्ट्रपति यादवले नेपालको संविधान, २०६३ को धारा १५० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा नियुक्त गरेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

दूवै मुलुकमा तीन वर्षभन्दा बढी समयदेखि राजदूत रिक्त थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>