Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
लाहुरेको अभिनयमोह - Himalkhabar.com

रमझममंगलबार, चैत्र २४, २०७१

लाहुरेको अभिनयमोह

हिमालखबर

MGKrR4pपाँच महीनाका लागि स्वदेश आएका प्रभु श्रेष्ठ (३७) ले यो अवधिमा एउटा चलचित्रको काम भ्याए।

१८ वर्षदेखि सिंगापुर प्रहरीमा कार्यरत उनी ‘पार्सल’ चलचित्रमा मुख्य अभिनेताका रूपमा देखिंदैछन्। चलचित्रका पटकथा र संवाद लेखक समेत रहेका उनी भन्छन्, “पेन्सन पाक्न आठ वर्ष मात्रै बाँकी छ। त्यसपछि रुचिको चलचित्र क्षेत्रमै लाग्नेछु।”

प्रभु गीत पनि गाउँछन्। ‘तिमीलाई भेटेर हो कि’, ‘लाहुरे दाइ रेलिमाई’ बोलका गीत पनि रेकर्ड गराएका छन्। सिंगापुरे लाहुरे हुनुअघि नै उनले ‘आफ्नो–विरानो’, ‘यस्तै हुन्छ पिरती’ चलचित्रमा अभिनयको स्वाद लिएका थिए। तर हिरो हुने उनको रहर त्यो बेला पूरा हुन सकेन।

यसका लागि उनलेे ‘सिंगापुर आर्ट क्लब’ र धरानको ‘रंगमञ्चकला केन्द्र’ मा अभिनय कक्षा समेत लिए।

‘पार्सल’ को सूटिङ गर्न ताप्लेजुङको पाथिभरा मन्दिर पुगेका उनी तीन दिन हिउँमा कठ्याङ्ग्रिएर काम गरेको सुनाउँछन्।

चलचित्रमा विदेशबाट पठाएको ‘पार्सल’ साटिंदाका रोचक प्रसंगलाई कथानक रुप दिइएको उनले बताए।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>