थप समाचारमंगलबार, चैत्र २४, २०७१

दुई गाउँका सबै बिरामी, रोगको पहिचान हुन सकेन

हिमालखबर

sakalaजाजरकोटको दुई गाउँका बासिन्दा पूरै बिरामी परेका छन् । अचानक सबै गाउँले बिरामी परेपछि गाउँमा सन्त्रास फैलिएको छ ।

जिल्लाको अति दुर्गम नायकवाडा गाविसको वडा नं ९ धुम र सक्ला गाविसको वडा नं ६ लुहागका सबै बिरामी परेका हुन् ।

सिमाना जोडिएका धुम र लुहागका २०० घरपरिवारका सबै सदस्य टाउको, छाती र हातखट्टा दुख्ने, वाकवाकी लाग्ने र ज्वरो आउने रोगबाट बिरामी परेको स्थानीयवासी मानबहादुर चलाउनेले जानकारी दिए ।

गाउँले सबै बिरामी परेको खबर आउनासाथ स्वास्थ्यकर्मी र नेपाल प्रहरीको टोली परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी जगतबहादुर बस्नेतले जानकारी दिएका छन् । स्वास्थ्यकर्मीको टोली पुगे पनि रोगको पहिचान भने हुन सकेको छैन ।

केही गाउँलेहरु भारतबाट फर्किएपछि रोग फैलिएको स्थानीयवासीले बताएका छन् । गाउँलेहरुले चिकित्सक सहितको टोली पठाएर गाउँमा रोगको पहिचान र उपचारको ब्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>