थप समाचारबुधबार, चैत्र २५, २०७१

मनैले डाक्टर

हिमालखबर

-देबकी विष्ट
subbaबल र बन्दूक साध्य मान्ने सैनिक परिवारका डा. तेजिन्द्र सुब्बा गाउँगाउँमा बिरामीको सेवा गरिरहेका छन्।

आफन्तको कर कम्ती थिएन; तर, पूर्वगोर्खा सैनिक मनप्रसाद लिम्बूलाई आफ्नो छोरो आफू जस्तै दुःखको बाटोमा हिंडोस् भन्ने कहिल्यै लागेन। किनभने नपढेका लाहुरे र पढेका गोरासाहेबलाई गरिने मानको फरक उनले लाहुरे जीवनमै देखे–भोगेका थिए। मनप्रसादले छोरा तेजिन्द्रलाई धरानको नामी विजयपुर आवासीय माविमा पढाए।

भारतको आन्ध्रप्रदेशबाट आईएस्सी गरेपछि तेजिन्द्रले रुसमा  डाक्टरी पढे । स्वदेश फर्किएर उनले नेपाली सेनाको छाउनीस्थित अस्पतालमा पनि काम गरे। धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीन वर्ष बिताए। अध्ययनका लागि दुई वर्ष जर्मनी समेत बसे।

tejendraलामो विदेश बसाइँ र शहरका अस्पताल चहारिरहँदा तेजिन्द्रलाई पेशाप्रति पूरै न्याय गरिरहेको छैन जस्तो लाग्न थाल्यो। “विदेश, ठूला शहरभन्दा गाउँमा मेरो आवश्यकता छ जस्तो लाग्यो अनि स्वयंसेवी डाक्टर बन्ने निधो गरें”, उनी भन्छन्।

२०६६ सालमा जर्मनीबाट फर्केदेखि उनी ब्रिटिश गोर्खा वेलफेयर स्कीममा आबद्ध भई गाउँगाउँका बिरामी जाँचिरहेका छन्।

निदान नेपाल नामक संस्था गठन गरी मनकारी मित्र र औषधि कम्पनीको सहयोगमा उनी कहिले सिरहा, सप्तरी त कहिले ताप्लेजुङ पुगिरहेका हुन्छन्। गएको पुसमा दुई जना नर्सका साथ आफ्नो जन्मस्थान ताप्लेजुङको तिरिङ–७ पुगेका उनी हिंडेरै ६ दिनमा पुगिने ओलाङचुङगोला जाने तयारीमा छन्।

“धेरै डाक्टर साथीलाई भनें, सबै त्यत्ति टाढा को जान्छ भनेर टार्छन्”, उनले अनुभव सुनाए।

रोचक त के छ भने आफैं लाहुरे नभए पनि संयोगले उनको विवाह बेलायती सैनिक ललितासँग भयो। भर्खरै सेवानिवृत्त श्रीमतीलाई पनि उनले दन्तचिकित्सा सम्बन्धी कोर्स गर्न सुझाएका छन्।

सुब्बा भन्छन्, “ अब दुई वर्षमा उनी नेपाल फर्केपछि सँगसँगै बिरामीको सेवा गर्ने योजना छ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>