Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
राष्ट्रिय लिग फुटबलः एपीएफले प्रहरीलाई हरायो - Himalkhabar.com

खेलकुदबुधबार, चैत्र २५, २०७१

राष्ट्रिय लिग फुटबलः एपीएफले प्रहरीलाई हरायो

हिमालखबर

राष्ट्रिय लिग फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ)ले नेपाल प्रहरी क्लबलाई पराजित गर्दै विजयी भएको छ ।

त्रिपुरेश्वरिस्थत दशरथ रङ्शाला मैदानमा भएको खेलमा एपिएफले प्रहरीमाथि २–० को सहज जित निकाल्दै विजयी भएको हो । यस जीतसँगै एपीएफले जारी प्रतियोगितामा सात अङ्क जोडेको छ ।

एपीएफको जितमा रञ्जन विष्ट नायक बने । उनले खेलको पहिलो हाफको १० मिनेटमा गोल गर्दै पहिलो अग्रता लिए । विष्टले प्रहरीको डिफेन्डरलाई छलाउँदै गोल गर्न सफल भएका थिए ।

त्यस्तै खेलको दोस्रो हाफमा विष्टले पुनः गोल थप्दै आफनो नाममा व्यक्तिगत दुई गोल गरे । उनले खेलको ५९ औँ मिनेटमा डिबक्स नजिकबाट गोल गर्दै आफ्नो टिमको जित सुनिश्चित गरे ।

प्रहरीले खेलको विभिन्न समयमा पाएको अवसरलाई भने सदुपयोग गर्न सकेको थिएन । जारी प्रतियोगितामा तीन खेल खेलेको प्रहरी तीन नै खेलमा हार बेहोर्दै अङ्कविहीन छ ।

खेलपछि एपिएफका प्रशिक्षक कृष्ण थापाले यसअघिको प्रतियोगिताहरूमा भन्दा पनि लिगमा आफनो टिमले निकै राम्रो खेल प्रर्दशन गरेको बताए ।

प्रशिक्षक थापाले लिगमा सहभागी टिमसँगै अन्य टिमसँगै आफ्नो टिम पनि बलियो नै भएकाले राष्ट्रिय लिगको उपाधि जित्ने सम्भावना कायमै रहेको टिप्पणी गरे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>