थप समाचारबुधबार, चैत्र २५, २०७१

सहमति नभए प्रक्रियाबाटै संविधान जारी हुनुपर्छ: अध्यक्ष विजुक्छे

हिमालखबर

Narayan-Man-Bijukchheनेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले अब पनि सहमति हुन नसके प्रक्रिया मै गएर भएपनि संविधान जारी गर्नुपर्ने बताएका छन् ।

रफत सञ्चार क्लव भक्तपुरले २५ चैतमा आयोजना गरेको अन्तरसंवादमा उनले संविधान निर्माण प्रक्रिया रोकेर संविधानसभालाई बन्दी बनाउन नहुने धारणा राखे ।

विभिन्न माग राखेर आन्दोलन गर्नु दलहरूको अधिकार भएपनि जनतालाई दुःख दिने काम भने कसैले गर्न नहुने उनको भनाइ थियो ।

देशको व्यवस्थामा असहमति राख्ने माध्यम प्रक्रिया मात्र भएको बताउँदै विजुक्छेले ३० दलीय मोर्चाले प्रक्रियालाई अस्वीकार गरेकाले ३० दलसँग नेमकिपाको भिन्न मत रहेको बताए ।

उनले संविधान निर्माणको क्रममा विदेशी चलखेल बढेकोमा आपत्ति जनाउँदै त्यसलाई रोक्न ठोस पहल हुनुपर्नेमा जोड दिएका थिए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>