थप समाचारबुधबार, चैत्र २५, २०७१
जोरायल बस दुर्घटनाका चालकलाई १० वर्ष कैद

२० असोजमा जोरायलमा दुर्घटनाग्रस्त बस ।
डोटीको जोरायलमा गत असोजमा २९ जनाको मृत्यु भएको बस दुर्घटनाका चालकलाई जिल्ला अदालत डोटीले १० बर्ष कैद सजायको फैसला सुनाएको छ।
जिल्ला न्यायाधीश धनसिंह महराको इजलासले चालक वीरेन्द्र साहुलाई सवारी तथा सार्वजनिक ऐन अन्तर्गत चरम लापरवाही गरेर सवारी चलाएको भन्दै अदालतले १० वर्ष कैदको सजाय सुनाएको हो ।
उनी विरुद्धको मुद्दामा ऐनको १६१९१० अनुसार ज्यान मार्ने महल बमोजिमको सजाय मागदाबी गरिएको थियो ।
उक्त बसका मालिक डम्बर साहुलाई अदालतले ५० हजार धरौटीमा छोडेको छ।
गत २० असोजमा जोरायलबाट धनगढीतर्फ आउँदै गरेको ना ३ ख ५७०७ नंंको बस सडकबाट झन्डै तीन सय मिटर तल खस्दा२९ जनाको मृत्यु भएको थियो भने ६० जना घाइते भएका थिए। बसमा दशैंको टीका थापेर फर्कदै गरेका यात्रु कोचाकोच थिए ।
प्रहरीको तथ्याङक अनुसार सुदुरपश्चिममा पछिल्लो ३ वर्षमा सवारी साधन दुर्घटनाबाट ३९३ जनाको मृत्यु भएको छ भने चालु आर्थिक वर्षको ८ महिनामा मात्रै १०३ जनाको मृत्यु भएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
