Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
स्वाइन फ्लुका बिरामी घटेपछि हेल्प डेस्क हटाइयो - Himalkhabar.com

थप समाचारबिहीबार, चैत्र २६, २०७१

स्वाइन फ्लुका बिरामी घटेपछि हेल्प डेस्क हटाइयो

हिमालखबर

स्वाइन फ्लुका बिरामी घटेपछि चितवनको भरतपुर अस्पतालमा स्थापना गरिएको हेल्प डेस्क हटाइएको छ ।

बिरामी घटेर हेल्प डेस्क प्रभावविहीन जस्तै भएपछि हटाइएको जनस्वास्थ्य कार्यालय चितवलने जानकारी दिएको छ । सुरुमा अत्यधिक मात्रामा बिरामी आउने गरेकाले उनीहरुको सहजताका लागि फागुनको अन्तिम साता यहाँ हेल्प डेस्क स्थापना गरिएको थियो ।

तर अहिले बिरामीको सङ्ख्या घटेकाले डेस्क हटाइएको जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रण निरीक्षक रामकुमार केसीले बताए । चैतको दोस्रो सातादेखिनै हेल्प डेस्कमा सोधपुछका लागि बिरामी आउन छाडेका थिए ।

अहिलेसम्म चितवनमा ४५० को परीक्षणमा १५३ जनामा स्वाइन फ्लु भएको छ । भरतपुर अस्पतालको स्वाइन फ्लु रेस्पोन्स टिमका सदस्य डा भोजराज अधिकारी अहिले जिल्लामा स्वाइन फ्लु अन्य रुघाखोकी जस्तै सामान्य भइसकेको बताउनुहुन्छ । उहाँले सावधानी अपनाउन भने सबै साधारणलाई आग्रह गरे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>