रमझमबिहीबार, चैत्र २६, २०७१

शरीर बनाउने होड

हिमालखबर

तस्वीर: स्वस्तिक श्रेष्ठ

तस्वीर: स्वस्तिक श्रेष्ठ

रुपन्देहीमा तीनदर्जन बढी व्यायामकेन्द्र खुल्नुले युवामा सुगठित शरीर बनाउने चाहना देखाउँछ।

बुटवल ४ का आईप्रसाद राई तीन बर्षदेखि जिम हाउस धाईरहेका छन्। उनको शरिर स्वस्थ्य र खदिँलो देखिन्छ। पेट लाग्न नदिन र नयाँ कपडा सुहाउँदो शरीरका लागि आफू नियमित जीम जाने गरेको उनको तर्क छ। उनी केहिवर्षयता हुन थालेका शारिरिक सुगठन प्रतियोगितामा पनि भाग लिदैं आएका छन्।

युवाको स्वस्थ्य र आर्कषक शरीरको चाहना पछ्याउदै रुपन्देहीमा तीनदर्जनभन्दा बढी जीम हाउस तथा फिटनेश सेन्टर खुलेका छन्। यिनमा हरेक दिन तीन सयभन्दा बढि युवाले अभ्यास गरिरहेका छन्।

शरिरलाई ‘सिक्स प्याक’ अनि पाखुरा ठूलो र पुष्ट बनाउने रहर झांगिदो छ। कसैको सपना चलचित्रका नायक झैं शरिर आकर्षक बनाउने छ त कतिलाई खेलाडी बन्ने ध्याउन्न छ। शरीरको वजन घटाउन पनि जीम रोज्नेहरु बढेका छन्।

gymशरीर बनाउने काम सजिलो भने छैन। बुटवल फिटनेश सेन्टरका सञ्चालक विजे्रन्दमान श्रेष्ठ नियमित अभ्यास, अनुशासन र नआत्तिने बानीले सफलता हासिल हुने बताउँछन्। उनी भन्छन्, “कम्तीमा ६ देखि ८ महिनाको निरन्तर अभ्यासपछि मात्र शरीरमा सामान्य परिवर्तन देखिन थाल्छ, धैर्यता चाहिन्छ।”

श्रेष्ठ पोखरामा गत माघमा सम्पन्न क्षेत्रीय शारीरिक सुसंगठन प्रतियोगीता र १ चैतमा बुटवलमा भएको अञ्चलस्तरीय शारीरिक सुगठन प्रतियोगिता गरुण चौथो बुटवल श्री उपाधिका विजेतासमेत हुन्।

युवालाई बुटवलमा ४० को दशकमै पुरानो बुटवल र गणेशमन्दिरमा व्यायमशाला खोलिएको नारायण युवा क्लबका अध्यक्ष विरेन्द्रमान श्रेष्ठ ‘अनुपम’ स्मरण गर्छन। उबेला कडा शारीरक अभ्यासले मात्र शरीर राम्रो देखिने तर अहिले आधुनिक उपकरणको सुविधाका फिटनेश सेन्टरले अभ्यास सहज पारेको उनको भनाइ छ।

त्यसो त अचेल होटलमासमेत फिटनेश सेन्टर राखिने गरेको छ। रुपन्देही जिम तथा फिटनेश संघका अध्यक्ष शिवध्वज राई नीजि क्षेत्रको बढ्दो लगानीले शारीरिक सुगठनले गति पाइरहेको बताउँछन्। पश्चिममाञ्चलमै २०४४ सालमा निजी लगानीमा पहिलो ‘नेपाल जिम’ व्यायामशाला खोलेका राई खेल विकासमा सरकारले ध्यान नदिएको आरोप लगाउँछन्।

२०४५ सालमा भएको मिस्टर नेपाल प्रतियोगिताका उपविजेतासमेत रहेका राई मात्र होइन त्यतिबेला उत्कृट पाँचभित्र परेका सुदिप थापा, मनोज बिच्छुक्छे, हरिहर कर्ण जस्ता खेलाडी पनि बुटवलकै उत्पादन हुन। मनोज मल्ल, श्याम क्षेत्री, विजेन्द्रमान श्रेष्ठ, सन्तबहादुर गुरुङ अहिलेका आशा हुन्।

दीपक ज्ञवाली, बुटवल

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>