थप समाचारबिहीबार, चैत्र २६, २०७१

हिउँपहिरोले वीरेन्द्र ताल फुट्यो

हिमालखबर

 

manasluहिउँपहिराले गोरखाको सामागाउँमा रहेको वीरेन्द्र ताल २६ चैत बिहान ६:१५ बजेतिर फुटेको छ ।

मनास्लु हिमालको शृङ्खलाबाट झरेको ठूलो हिउँपहिराको ढिस्को तालको पानीमा बज्रेपछि ताल फुटेको सामागाउँका बासिन्दा वीरबहादुर लामाले जानकारी दिए ।

ताल सदरमुकामदेखि ५२ कोस टाढा तथा सामागाउँ बजारदेखि करिब आधा घन्टाको दूरीमा पर्छ । तालबाट निस्केको पानी बूढीगण्डकी नदीमा मिसिन्छ ।

ठूलो आवाजसहित हिउँपहिरो वीरेन्द्र तालमा झरेपछि सामागाउँ क्षेत्रमा बाफ फैलिएको थियो ।

हिउँपहिरो वीरेन्द्र ताल रहेको क्षेत्रमा गए पनि मनास्लु आधार शिविरमा रहेका पर्यटकको टोली सकुशल रहेको प्रहरी चौकी सामागाउँले जनाएको छ ।

हिउँपहिरो झरेपछि तालको पानी एक्कासि बाहिर निस्कँदा मनास्लु पदमार्गअन्तर्गतको सामागाउँ–साम्दो जोड्ने काठको पुल बगाएको प्रहरीले जनाएको छ ।

प्रहरीनायब उपरीक्षक अर्जुनचन्द ठकुरीका अनुसार हिउँपहिराले गर्दा सामान्य क्षति भएको छ ।

हिउँपहिरो झरेको स्थान अवलोकनका लागि प्रहरी चौकी सामागाउँका प्रहरी टोलीलाई खटाइएकाले थप विवरण आउन बाँकी रहेको प्रनाउ ठकुरीले बताए ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>