थप समाचारबिहीबार, चैत्र २६, २०७१

हराएको रु‍.चार लाख पाएपछि थाई नागरिकले भने, “नेपाली साँच्चिकै इमान्दार’

हिमालखबर

10613016_992818080730074_5655504748486564870_n

चालक रणपहेली अाफुले भेटेकाे चार लाख पैसा फिर्ता गर्दै । तस्वीरः नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका महासचिव भीमज्वालाकाे फेसबुकबाट

ट्याक्सीमा छुटेको ४ हजार ८२ अमेरिकी डलर (नेपाली करिब रु.चार लाख ) फिर्ता गर्ने चालक धनसुधा रणपहेलीलाई थाई नागरिकले २ सय अमेरिकी डलर पुरस्कार दिएका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखामा आफ्नो हराएको रकम ट्याक्सी चालकबाट फिर्ता लिंदै थाई नागरिक भारावुतले ईमान्दार चालकको प्रशंसा गरे । उनले भने, “नेपालीहरु ईमान्दार हुन्छन् भन्ने सुनेका थियौं साँच्चै त्यस्तै हुँदा रहेछन् ।”

१३ दिने भ्रमणका लागि  २५ चैतमा नेपाल आइपुगेका चार जना थाई नागरिकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठमेल जाने क्रममा ट्याक्सीमा उक्त रकम छुटाएका थिए । भारुवुत, थानामुन, चाओवालीत र थान्यापात बा १ ज २८९३ नम्बरको ट्याक्सी चढेर ठमेल गएका थिए ।

भाडा दिने क्रममा आफ्ना पैसाको थैलो ट्याक्सीको सिटमा खसेपनि आफूहरुले चाल नपाएको थाई नागरिक भारावुतले सुनाए । चालक रणपहेली ठमेलबाट एयरपोर्ट पुगेर ग्यारेजमा ट्याक्सी थन्क्याउने क्रममा सीटमुनि पैसा भेटेपछि फिर्ता गर्न पुनः ठमेल पुगेका थिए ।

त्याे बेलासम्म थाई नागरिकले अाफ्नाे हराएकाे पैसाबारे थाहा नपाएकाले उक्त थैली लिन मानेन् । उनीहरुले छुटेकाे पैसाबारे पछि थाहा पाएपछि प्रहरीमा उजुरी दिन पुगेका थिए ।

त्यसपछि झापा शिवगञ्जका ४९ वर्षीय रणपहेलीले उक्त पैसा बुझाएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>