थप समाचारशुक्रबार, चैत्र २७, २०७१
रसुवागढीमा सुक्खा बन्दरगाह निर्माण हुने
चीन सरकारको आर्थिक एवम् प्राविधिक सहयोगमा रसुवागढीमा सुक्खा बन्दरगाह निर्माण गरिनेभएको छ ।
६ हजार ९०० वर्गमिटर क्षेत्रफलमा निर्माण गरिने उक्त बन्दरगाहमा एकीकृत जाँच चौकी, सामान भण्डारण गृह, ढुवानीका सवारी साधन ‘पार्किङ’ स्थल, बाढी नियन्त्रणका लागि नदी किनारका दुवैतर्फ पर्खाल निर्माण र मालसामान जाँचका निम्ति उपकरणको व्यवस्था गरिनेछ ।
त्यसैगरी चीन सरकारको प्राविधिक सहयोगमा नेपाल सरकारको दीर्घकालीन कृषि विकास योजना कार्यान्वयन गर्न उच्च प्रतिफल दिने मिश्रित जातको विकासे धान उत्पादन एवम् अनुसन्धान कार्यक्रम कार्यान्वयन गरिनेभएको छ ।
सुक्खा बन्दरगाह निर्माण तथा दीर्घकालीन कृषि विकास योजना कार्यान्वयनसम्बन्धी नेपाल र चीन सरकारबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
२७ चैतमा अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपालका लागि चीनका राजदूत वु चुन्ताई र अर्थसचिव सुमनप्रसाद शर्माले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
