थप समाचारशुक्रबार, चैत्र २७, २०७१
दश किलो चाँदी सहित युवक पक्राउ
बाराको छतवाबाट सशस्त्र प्रहरीले करिब सात लाख मूल्य बराबरको चाँदीका बिभिन्न गरगहना बरामद गरेको छ ।
सशस्त्र प्रहरी बलको बरैनिया बोर्डर आउट पोष्टबाट खटिएको टोलीले रु. ६ लाख ९० हजार बराबरको गरगहना सहित बतरा–३ का २१ वर्षीय राजु यादवलाइ पक्राउ गरेको हो ।
यादवले भारतबाट अवैध रुपमा ल्याउँदै गरेका १० किलो तौलका चाँदीका गरगहना बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक भेसबहादुर शाहले जानकारी दिए ।
प्रहरीले यादवलाई उनी चढेकोे ना.२३.प.१०६ नं.को बजाज डिस्कभर मोटरसाइकल र गरगहनासहित आवश्यक कारावाहीका लागि मध्यमाञ्चल राजस्व अनुसन्धान कार्यालयमा पठाएको छ ।
श्याम गुप्ता, बारा
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
