थप समाचारशनिबार, चैत्र २८, २०७१

यादव दम्पती मृत फेला

हिमालखबर

काठमाडौँ महानगरपालिका चाबहिल शान्ति गोरेटोमा बस्ने यादव दम्पती मृत फेला परेका छन् ।

रौतटहटको गौर नगरपालिका–५ का स्थायी बासिन्दा रामविजय यादव र उनकी श्रीमती सुनितादेवी चाबहिलस्थित डेरामा मृत फेलापरेका महानगरीय प्रहरी प्रभाग गौशालाका प्रमुख प्रहरी नायब उपरीक्षक राकेश सिंहले बताए ।

चनाचटपटे बेचेर जीवनयापन गर्दै आएका दम्पती २७ चैत राति छोराछोरीलाई बेग्लै कोठामा सुताएर अर्को कोठामा सुतेकामा उनीहरूमध्ये श्रीमान् झुन्डिएको तथा श्रीमती ओछ्यानमा नै मृत भेटिएका सिंहले जानकारी दिए ।

अबेरसम्म बाबु आमा नउठेपछि छोरा–छोरीले ढोका खोलेर हेर्दा उनीहरुलाई मृत भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।

यादव दम्पतीको शव परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगन्जमा लगिएको प्रहरीले जनाएको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>