थप समाचारशनिबार, चैत्र २८, २०७१

दुई तिहाईको दम्भ देखाए मुलुकमा अर्को द्वन्द्व हुन्छः महतो

हिमालखबर

 

rajendra-mahatoसदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले काग्रेस र एमालेले दुईतिहाई बहुमतका आधारमा पेल्न खोजे मुलुक द्वन्द्वमा जाने बताएका छन् ।

२८ चैत दिउँसो युरोपियन युनियनका सांसदहरुकोे भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै महतोले पहिचान र सामथ्र्यमा आधारित संघीयता बिनाको संविधान ल्याउन खोजे मुलुकमा अर्को द्वन्द्व शुरु हुने बताएका हुन् ।

युरोपियन युनियनका सांसदहरुसँग मुलुकको समसामयिक राजनीतिक अवस्थाबारे छलफल गर्ने क्रममा  पनि आफू पहिचान र सामर्थ्य सहितको संघीयताको पक्षमा रहेको र त्यसै अनुसार अन्य दलहरुलाई दबाब दिइरहेको महतोले जानकारी गराएका थिए ।

उनले संविधान निर्माणका क्रममा विगतमा मधेशकेन्द्रित शक्तिहरुसँग भएकोे सहमतिको पालना हुनुपर्नेमा जोड दिए ।

जनताले कांग्रेस र एमालेलाई पहिचान र सामाथ्र्यमा आधारित संघीयता सहितको संविधान निर्माणका लागि नै बहुमत दिएको र जनमतको विपक्षमा जाने दुस्साहस कसैले गर्न नहुने उनको भनाई थियो ।

“यदि ठूला दलहरु जनमतको विरुद्धमा गए भने पहिचानवादी शतिmहरु सडकमा जानुको बिकल्प हुने छैन, ” महतोले भने ।

१२ बुँदे सम्झौता र  मधेश आन्दोलनको म्यान्डेट विरुद्ध गएर संविधान निर्माण हुन नसक्ने उनको भनाई थियो ।
उनले सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिंदै तेस्रो संविधान सभाको कुरा कल्लपना भन्दा बाहिरको भएको स्पष्ट पारे ।

भेटमा सदभावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण लगायतको उपस्थिति थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>