थप समाचारशनिबार, चैत्र २८, २०७१
भारतः माओवादी आक्रमणमा ७ प्रहरीको मृत्यु
भारत छत्तीसगढ़को सुकमामा माओवादीसँग भएको मुठभेड़मा ७ प्रहरी जवानको मृत्यु भएको छ ।
आक्रमणमा एसटिएफका १० जवान समेत घाइते भएका छन् ।
सुकमाको पिडमेल क्षेत्रमा भएको भिडन्तमा गस्तीमा रहेका एसटिएफ माथि माओवादीले फायरिंग गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
यसअघि अघिल्लो वर्षको डिसेम्बर महिनामा सीपीआरएफका दुई अधिकारीसहित १२ जवानको मृत्यु भएको थियो भने सन् २०१० मा यसै क्षेत्रमा माओवादी आक्रमणमा ७४ जवानका मृत्यु भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
