थप समाचारआइतबार, चैत्र २९, २०७१
नासाले नयाँ ‘तारा’ को नाम मलाला राख्यो
नोबेल पुरस्कार विजेता मलाला यूसुफ़ज़ईको नाममा एक नक्षत्र (एस्टेरोइड) को नाम राखिएको छ ।
यो एस्टेरोइड आकारमा चार किलोमीटर परिधिको छ ।
मंगल र बृहस्पति ग्रहको मुख्य एस्टेरोइड शृंखलामा रहेको ‘मलाला एस्टेरोइड’ लाई सूर्यको परिक्रमा पूरा गर्न ५.५ वर्ष लाग्छ ।
यो एस्टेरोइडको खोज सन् २०१० मा अमेरिकी अन्तरिक्ष एजेन्सी नासाकी एमी मेन्जरले गरेकी थिइन् । त्यसबेला यसको नाम ३१६२०१ राखिएको थियो ।
‘मलाला फन्ड ब्लग’ मा जनाइए अनुसार मेन्जरले यो ताराको नाम युवा महिलाहरुलाई प्रेरणा दिने खालको हुनुपर्ने बताउँदै आएकी थिइन् ।
मेन्जरले लेखेकी छन्, “हामीलाई यस्तो बुद्धिमान व्यक्तिको अत्यन्त आवश्यकता छ जसले मानवताको सबैभन्दा मुख्य समस्याहरुको समाधान निकाल्न सकोस र हामी संसारको आधा जनसंख्यालाई बेवास्ता गर्न सक्दैनौं ।”
पाकिस्तानमा बालिका शिक्षाका लागि आवाज उठाउने मलाला त्यस बेलादेखि चर्चामा आइन् जब उनले सन् २००९ मा ११ वर्षको हुँदादेखि बीबीसी उर्दू सेवाका लागि डायरी लेख्न शुरु गरिन् ।
पाकिस्तानको रुढीग्रस्त समाजमा बालिका शिक्षाका लागि उठाएको आवाज चरमपंथी तालिबानहरुलाई सह्य भएन र ९ अक्टोबर २०१२ मा संधै झैं विद्यालयबाट फर्कदै गर्दा उनीमाथि गोली प्रहार भयो ।
उपचारका लागि बेलायत लगिएकी मलाला त्यसबेलादेखि बेलायतमै बस्दै आएकी छन् । बेलायतमै बसेर बालिका शिक्षाका लागि पैरवी गरिरहेकी उनले भारतका कैलाश सत्यार्थीसँगै यस वर्षको नोबेल शान्ति पुरस्कार समेत प्राप्त गरिसकेकी छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
