रमझमआइतबार, चैत्र २९, २०७१

आलेलाई हितान पुरस्कार

हिमालखबर

आलेलाई हितान पुरस्कार
नेकपा–माओवादी नेता सुरेश आले मगरले जयबहादुर हितान मगर स्मृति पुरस्कार पाएका छन् । राजधानीमा २८ चैतमा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति वैरागी काँईलाले आलेलाई रु. २० हजार नगद र प्रमाणपत्र प्रदान गरेका हुन ।

आले नेपाल मगर संघ (नेपाल लाङ्घाली परिवार) तथा नेपाल आदिवासी जनजाति महासंघका संस्थापक महासचिव हुन । पुरस्कार नेपाल लाङ्घाली परिवारका संस्थापक सचिव स्व. जयबहादुर हितान मगरको स्मृतिमा उनका जेठा छोरा विजय हितान मगरले स्थापना गरेका हुन ।

प्रज्ञा प्रतिष्ठानमा मातृभाषा विभाग गठन गर्न अग्रणी भूमिका निर्वाह गरेको भन्दै सिंजाली प्रतिष्ठानले  वरिष्ठ साहित्यकार तथा प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति बैरागी काईलालाई पनि सम्मान गरेको छ । काँईलालाई कार्यक्रमका विशेष अतिथी नेपाल मगर संघ (काइके मगर भाषिक) उपाध्यक्ष भीम रोकाले फेटा लगाएर सम्मान गरेका थिए ।

जीवसीम पुरस्कार घर्ति र सोमैलाई
मगर भाषाका आदिकवि जीतबहादुर सिञ्जाली मगरको नाममा स्थापित जीबसीम साहित्य पुरस्कार रोल्पाका बोमबहादुर घर्ति मगरले प्राप्त गरेका छन् । पुरस्कार राशी रु. ४५ हजार छ । यस्तै स्याङजा निवासी उमा सोमै राना मगरले रु. १० हजार राशीको जीबसीम नवप्रतिभा साहित्य पुरस्कार पाएकी छन् ।

जयबहादुर हितान मगर स्मृति पुरस्कार कोष संरक्षक विजय हितान मगर, जीबसीम नवप्रतिभा साहित्य पुरस्कार कोष संरक्षक दुतबहादुर गर्बुजा पुन मगर, कोष संरक्षक सदस्यहरु मगर संघ युके, पूर्व प्रहरी महानिरीक्षक कुबेरसिं राना मगर र मगर संघ युकेका महासचिव बोम सुर्यबंशी थापा मगरलाई कार्यक्रमका प्रमुख अतिथी काईंलाले ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रतिष्ठानका अध्यक्ष सञ्जोग लाफा मगरको सभापतित्वमा सम्पन्न कार्यक्रममा लेखक माकिम मगरले स्वागत मन्तव्य अतिथि सुलोचना मानन्धर, नवराज लम्साल, कुबेरसिं राना मगर, र पुरस्कृत व्यक्तित्व सुरेश आले मगर, बोमबहादुर घर्ति मगर र उमा सोमै राना मगरले मन्तव्य व्यक्त गरिएको कार्यक्रम प्रतिष्ठानका सचिव संगम पुलामी मगरले सञ्चालन गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>