थप समाचारआइतबार, चैत्र २९, २०७१
उपनिर्वाचन मतगणनाः कांग्रेस अगाडि, मतान्तर घट्यो (अपडेट)
-द्राेणकुमार कुँवर
बाग्लुङ–१, मा सम्पन्न संविधानसभा उपनिर्वाचनमा नेपाली कांग्रेसले नेकपा एमालेलाई करिब ११४१ मतले उछिनेको छ । यसअघि २ हजारको फरक थियो ।
पछिल्लाे मत परिणाम
नेपाली कांग्रेस – १४,२५९
नेकपा एमाले – १३,११८
एमाअाेवादी – २,२८६
जम्मा मतगणना –३२,८३१
अहिलेसम्म ५५ वटा निर्वाचन केन्द्रको मतगणना सम्पन्न भइसकेको छ । नेपाली कांग्रेसकी उमेद्वार चम्पादेवी खड्का र एमालेकी उम्मेद्वार मना केसी मुख्य प्रतिस्पर्धामा छन् । अहिलेसम्मको मत परिणाम अनुसार तेस्रो स्थानमा रहेका एमाओवादीका कृष्ण केसीलाई जमानत जोगााउन धौ धौको अवस्था छ ।
नेपाली कांग्रेसकी उम्मेदवार खड्का सडक दुर्घटनामा मृत्यु भएका सभासद् हरि खड्काको श्रीमती हुन् । उपनिर्वाचनमा १० राजनीतिक दल र तीन स्वतन्त्र गरी १३ उम्मेदवार प्रतिस्पर्धामा छन् ।
५२ हजार २ सय मतदाता रहेको बाग्लुङ- १ को उपनिर्वाचनमा ३८ हजार २१ जनाले मतदान गरेका थिए।
गत निर्वाचनमा काँग्रेसका खड्का १३ हजार ५०० मत प्राप्त गरी विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका हिराबहादुर खत्रीले ११ हजार ९६३, एमाओवादीका कृष्ण केसीले छ हजार ३ र राष्ट्रिय जनमोर्चाका तीर्थसिंह थापाले दुई हजार १५९ मत ल्याएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
