थप समाचारआइतबार, चैत्र २९, २०७१

गाविस सचिव कार्यालयमै मृत फेला

हिमालखबर

saptariसप्तरीको बसबिट्टी गाविसमा कार्यरत सचिव नवीन राई मृत अवस्थामा फेला परेका छन् ।

२८ चैत राति खाना खाएर गाविस कार्यालयमै सुतेका ३४ बर्षीय राई २९ चैत बिहान मृत फेला परेको प्रहरीले जनाएको छ ।

खोटांगको विजयखर्कका राईको अत्यधिक मदिरा सेवनबाट मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

जिल्ला प्रहरी कार्यालयका प्रबक्ता एवं डिएसपी नारायण चिमरियाले राई सुतेको कोठामा अत्यधिक उल्टी गरेको फेला परेको र कोठाबाट रक्सीको गन्ध आएकोले उनको मृत्युको कारण अत्यधिक मदिरा सेवन हुनसक्ने अनुमान गरिएको बताए ।

मृतकको शवलाई पोष्टमार्टमका लागि अंचल अस्पताल लगिएको छ ।
श्रवणकुमार देव, सप्तरी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>