थप समाचारआइतबार, चैत्र २९, २०७१
बागलुङ उपनिर्वाचन: कसले कति मत पाए
बागलुङमा २८ चैतमा सम्पन्न संविधानसभा सदस्यको उपनिर्वाचनमा नेपाली कांग्रेसकी चम्पादेवी खड्का १७१५४ मत प्राप्त गरेर विजयी भएकी छन् ।
यसअघि मंसीर २०७० मा भएको निर्वाचनमा खड्काका पति हरि खड्काले १३, ५०० मत प्राप्त गरेका थिए । खड्का सवारी दुर्घटनामा मृत्यु भएपछि बागलुङमा उपनिर्वाचन भएको हो ।
यसपटकको निर्वाचनमा नेपाली कांग्रेसको मत ३, ६५४ ले बढेको छ । यो कुल खसेको मतको ४५.९ प्रतिशत हो ।
त्यसैगरी एमालेकी मना केसीले १५०६८ मत प्राप्त गरिन् । यसअघिको निर्वाचनमा एमालेले ११,९६३ मत प्राप्त गरेको थियो ।
गत मंसीरमा भएको निर्वाचनमा ६,००३ मत प्राप्तको एमाओवादीले भने यसपटक धरौटी समेत जोगाउन सकेन । उसले २,५०५ मत प्राप्त गरेको छ ।
यसपटकको मतपरिणामः
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
