थप समाचारसोमबार, चैत्र ३०, २०७१

वीरगञ्जमा व्यापारीमाथि बम र गोली प्रहार

हिमालखबर

गोली लागेर घाइते भइ अस्पतालमा भर्ना भएका व्यापारी महेश कदमिया ।

गोली लागेर घाइते भइ अस्पतालमा भर्ना भएका व्यापारी महेश कदमिया ।

वीरगञ्ज–७  स्थित किसनलाल कपडा पसलका साहु ४९ वर्षीय महेश कदमियामाथि २९ चैत साँझ अपरिचित व्यक्तिले बम र गोली प्र्रहार गरेका छन् ।

४९ वर्षीय कादमिया आफनो पसलमा बसिरहेको बेला भिखारी जस्ता देखिने अपिरिचितले भिरिरहेको झोलाबाट झिकेर २ वटा सुतली बम प्रहार गरेका थिए । तर, दुईवटै बम नपडकिएपछि उसले बन्दुक निकालेर फायर गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

कदमियाको दाहिने तिघ्रामा गोली लागेको छ । उनको उपचार स्थानीय नारायणी उपक्षेत्रीय अस्पतालममा भईरहेको र अवस्था सामान्य रहेको चिकित्सकले बताएका छन् ।

बम र बन्दुक प्रहार गर्ने व्यक्तिलाई स्थानियवासीले पक्राउ गरी प्रहरीलाई बुझाए पनि उक्त व्यक्तिको परिचय खुल्न सकेको छैन । बम प्रहार गर्ने व्यक्तिलाई अर्को एकजनाले सडकमा मोटरसाइकलसहित कुरेर बसेकोमा स्थानीयले समात्न खोजेपछि मोटरसाइकल छोडेर भाग्न सफल भएको बताइएको छ ।

प्रहरीले भारतीय नम्बर प्लेटको उक्त मोटरसाइकल बरामद गरेको छ भने पक्राउ परेकाको साथबाट पेस्तोल र गोलीसमेत बरामद भएको छ ।

पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यलयमा राखी अनुसन्धान भईरहेको प्रहरी नायब उपरीक्षक वीरबहादुर ओलीले जनकारी दिए । प्रहरीले उक्त व्यक्तिको परिचय खुलाएको छैन ।

विष्फोट नभएको सुतली बम नेपाली सेनाले निष्क्रिय पारेको छ ।
जियालाल साह, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>