थप समाचारसोमबार, चैत्र ३०, २०७१

आमाले आत्मदाहको प्रयास गर्दा छोराको मृत्यु

हिमालखबर

सप्तरीको राजविराजकी एक महिलाले आत्मदाह गर्ने प्रयास गर्दा उनका छोराको ज्यान गएको छ ।

राजविराज नगरपालिका–५ की शकुन्तलादेवी साहले २९ चैतमा आफ्नै शरीरमा मट्टीतेल छर्केर आगो लगाउँदा काखमा रहेका १८ महिने छोराको जलेर मृत्यु भएको छ । शकुन्तला गम्भीर घाइते भएकी छिन् ।

उनी प्रकाश साहकी कान्छी पत्नी हुन् ।

घरायसी विवादका कारण १८ महिने छोरालाई काखमा राखी मट्टीतेल छर्केर आगो लगाउँदा छोराको घट्नास्थलमै मृत्यु भएको र आमालाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ ।

घट्ना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

श्रवणकुमार देव,राजविराज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>