थप समाचारसोमबार, चैत्र ३०, २०७१
भारतीय डाँकाले चलाएको गोली लागेर पूर्व प्रहरीको मृत्यु
भारतीय डाँकाको आक्रमणबाट झापामा पूर्व प्रहरी हबल्दार देबकुमार श्रेष्ठ (५०) को मृत्यु भएकोे छ ।
३० चैत बिहान १ बजेतिर आएको डाँका समुहको प्रतिकार गर्दा टाउको र छातीमा डाकाले चलाएको गोली लागेर घाइते भएका पृथ्बीनगर–८, झापाका श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको हो ।
डाँकाको आाक्रमणमा उनकी श्रीमती गंगा, छोरा रोशन र छिमेकी दुर्गा गौतम घाइते भएका छन् । उनीहरुको सोहि अस्पतालमा उपचार भइरहेको छ ।
डाँका समुहले श्रेष्ठको घरबाट नगद एकलाख ८० हजार र १० तोला सुन लुटेको छ । डाँका समुहले दर्जन बढी सुतलीबम पड्काई मध्यरातमा करीब एकघण्टा गाँउ आतंकित पार्दै श्रेष्ठको घरमालुटपाट मच्चाएको थियो ।
यसैबीच डकैती घटनाका संलग्न भएको आशंकामा पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
-गोपाल गडतौला, झापा
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
