थप समाचारमंगलबार, बैशाख १, २०७२

‘ग्लोबल फिल्म फेस्टिभल’ मा नेपाली मनोनित

हिमालखबर

Prakash Thapaअमेरिकाको सन फ्रान्सिस्कोमा आयोजना हुने ‘ग्लोबल फिल्म फेस्टिभल’ का लागि प्रकाश थापा ग्लोबल टीम लिडर मनोनित भएका छन् ।

थापा गोर्खा ईन्टरनेशनल ग्रुप, अमेरिकाका सञ्चालक अध्यक्ष तथा ईन्टरनेशनल तेक्वान्दो प्रशिक्षक हुन् ।

सामाजिक काममा समेत आफूलाई क्रियाशील राखेका थापाले नेपाली चलचित्रहरुलाई फेस्टिभलमा राख्न सक्दो प्रयास गर्ने बताउँदै थपे, “नेपाली चलचित्रहरुलाई ईन्टरनेशनल मार्केटमा चिनाउन आवश्यक छ ।”

ग्लोबल फेस्टीभलको प्रेसिडेन्ट डा रोमेश झाप्रा र कोअर्डिनेटर डा सन्नी खुर्रमले थापालाई टीममा स्वागत गरेाक थिए ।

थापासँगै मनोनित हुनेहरुमा साउथ ईन्डियाका भावना भनम, चीनका डाईजी चु, भियतनामका डेब्बी न्घिम, फिजीका हनिफ कोया, अमेरिकाका जोडी र डेभिड रोसादो, पर्सियाका लिडा महांगे, रुसका मारिया मिलोभिडोभा, ब्राजिलका माउरो नेपोमुसेनो लगायत छन् ।

क्यालिफोर्नियाको सान फ्रान्सिस्को शहरमा बिगत २१ बर्ष देखि ग्लोबल फिल्म फेस्टीभल बर्षेनी आयोजना हुँदै आएको छ ।

Prakash Thapa1-1यस बर्षको २३औ एसएफ मूभी फेस्ट अगस्टमा हुने थापाले जानकारी गराएका छन् ।

ङिमा पाख्रिन, अमेरिका

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>