रमझमबुधबार, बैशाख २, २०७२

कन्दराको पाँचौं एल्बम

हिमालखबर

Kandara_Band_3पोखराको लोकप्रिय सांगीतिक ब्याण्ड ‘कन्दरा’ करीब ८ वर्षपछि पूनः स्रोतामाझ आउने भएको छ ।

ब्याण्डको पाँचौँ एल्बम आगामी जेठको अन्तिम साता काठमाडौंमा सार्वजनिक गरिदैछ ।

पा“च जना संगीतकर्मी आबद्ध यो ब्याण्डमा अहिले गायक विवेक श्रेष्ठ, गिटारिस्ट सुनील थापा र बोधराज बज्राचार्य गरी तीन सदस्यमात्रै बाँकी छन् । २१ वर्षअघि पोखरामा स्थापना भएको कन्दरा ब्याण्डका ‘लेककी हे माया’, ‘हङकङ पोखरा’, ‘तिमी पारी’, ‘तगारोमा रुमाल राखी’, ‘चञ्चले कान्छी’ जस्ता गीत लोकप्रिय छन् ।

ब्याण्डले आफ्नो नयाँ एल्बममा साहित्यकार सरुभक्तसँग लोकप्रिय गीत ‘हङकङ पोखरा’ पछि पूनः सहकार्य गरेको छ भने नया“ एल्बममा आफ्नो पुरानो लोकप्रिय गीत ‘तिमी पारी’ लाई रिमेक गर्दैछ ।

हाल लन्डनमा रहेका ब्याण्डका गायक विवेक श्रेष्ठका अनुसार नया“ एल्बममा अघिल्लो वर्ष दिवंगत भएका गीतकार विनोद गौचनप्रति श्रद्धाञ्जली स्वरुप उनको एउटा गीत ‘चन्द्रकोटकी नानी’ समावेश गरिंदैछ ।

कन्दराले आफ्नो नया“ एल्बमको नया“ गीत ‘भेडी गोठैमा’ को ज्याम अप भर्सन युट्युबमार्फत सार्वजनिक गरेको छ । नया“ एल्बममा ८ वटा गीत अटाइनेछ । एल्बमलाई स्टेरियो रेकर्ड्सले बजारमा ल्याउन लागेको हो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>