रमझमबुधबार, बैशाख २, २०७२
सुन्दरी स्वर
‘उडान’ अल्बमबाट नवगायिका श्वेता पुञ्जालीको आगमन भएको छ।
दुर्गालाल श्रेष्ठको शब्द र न्ह्यू बज्राचार्यको संगीतमा उनको अल्बम यसै साता राजधानीमा विमोचन गरियो। अल्बममै समेटिएको ‘कस्तो भेट’ गीतको म्युजिक भिडियो पनि बनेको छ जसमा उनैले मोडलिङ गरेकी छन्।
विमोचनमा उनको सुन्दरताको पनि प्रशंसा भयो। गायक रविन शर्मा र दीप श्रेष्ठले श्वेतालाई गायिकासँगै नायिकाकी दावेदार भनिदिए।
पहिलो अल्बममै दिग्गज रचनाकार र संगीतकारको साथ पाएकी श्वेताको सांगीतिक उडान कस्तो हुने हो हेर्न बाँकी नै छ। तर, गायक बन्ने उनको सपना भने पूरा भएको छ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
