समाचारबिहीबार, बैशाख ३, २०७२
भारत सरकारले अख्तियारलाई ३५ वटा गाडी दियाे
भारत सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई ३५ वटा गाडी प्रदान गरेको छ ।
आयोगको कार्यालयमा ३ चैतमा आयोजित एक कार्यक्रममा नेपालका लागि भारतीय राजदूत रञ्जीत रायले आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई ती गाडी हस्तान्तरण गरेका हुन् । हस्तान्तरित गाडीमा महिन्द्रा कम्पनीको १५ वटा स्कारपिओ (जिप), टाटा कम्पनीको १५ वटा जेन्युयन पिकअप गाडी र पाँच वटा मान्जा कार रहेका छन् ।
सहयोगस्वरुप प्राप्त गाडीहरु धनकुटा, हेटौँडा, पोखरा, सुर्खेत, दीपायलमा रहेको क्षेत्रीय कार्यालय र इटहरी, बर्दिवास, कोहलपुर, बुटवल र कञ्चनपुरमा रहेको सम्पर्क कार्यालयलाई प्रयोगका लागि दिइने आयोगका प्रवक्ता वेगेन्द्रराज पौड्यालले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>