थप समाचारबिहीबार, बैशाख ३, २०७२

प्रहरीको लाठी चार्जबाट अनेरास्ववियुका अध्यक्षसहित तीन घाइते

हिमालखबर

-विद्रोही गिरी, नवलपरासी

नीजि विद्यालयहरुले बढाएको शुल्कको विरोध गर्दै आन्दोलनमा उत्रिएका विद्यार्थीहरुमाथि प्रहरीले लाठी चार्ज गर्दा अनेरास्ववियुका नवलपरासी अध्यक्षसहित तीन जना घाइते भएका छन् ।

प्रहरीको लाठी चार्जबाट अनेरास्ववियुका जिल्ला अध्यक्ष मदन गिरी, अखिल क्रान्तिकारीका जिल्ला उपाध्यक्ष विनोद पौडेल र बैद्य निकट अखिल क्रान्तिकारीका सचिव अमृत खड्का घाइते भएका छन् ।

घाइतेहरुको पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भइरहेको छ । जिल्ला शिक्षा अधिकारी खड्कबहादुर कमाल र प्रहरी प्रशासनको मिलेमतोमा आक्रमण गरिएको आरोप विद्यार्थी संगठनहरुले लगाएका छन् ।

अनेरास्ववियु, नेविसंघ, अखिल क्रान्तिकारी, बैद्य निकट अखिल क्रान्तिकारी, विप्लव निकट अखिल क्रान्तिकारी र नेपाल विद्यार्थी मोर्चाले २५ चैतदेखि शुल्क बृद्धिको विरोधमा आन्दोलन गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>