थप समाचारबिहीबार, बैशाख ३, २०७२
मास्क नलगाउनेलाई कार्यालय प्रवेश रोक
जाजरकोटमा स्वाइन फ्लू र मौसमी फ्लू फैलिएको प्रमाणित भएपछि यस जिल्लाका सरकारी तथा गैरसरकारी कार्यालयमा मास्क नलगाउनेलाई कार्यालयमा प्रवेश गर्न रोक लगाइएको छ ।
यहाँका कर्मचारी तथा सेवाग्राही सबैलाई मास्क लगाएर मात्र हिँड्डुल गर्न र कार्यालयमा आउन निर्देशन दिइएको हो ।
जिल्लाका पैक, पजारु, अछानी, नायकवाडा, रोकायगाउँ, टालेगाउँमा रोग फैलिएपछि यस्तो निर्देशन दिइएको छ । एकै ठाउँमा भीडभाड नगर्न समेत भनिएको छ ।
रासस
* सच्चाइएको
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
