रमझमबिहीबार, बैशाख ३, २०७२

अमेरिकामा धुर्मुस र सुन्तली

हिमालखबर

-ङिमा पाख्रिन, अमेरिका

Dhurmash & suntali_ Usअमेरिका भ्रमणमा रहेका हाँस्य कलाकार जोडी सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) प्रवासी नेपालीलाई हँसाउनमा व्यस्त छन् ।

अमेरिकाको विभिन्न शहरमा कार्यक्रम गर्दै हिँडेका उनीहरूलाई साथ र सहयोग गर्नेको ताँती लागेको छ । यस्तो सहयोगले आफूहरूलाई स्वदेश फर्किएपछि सरसफाइको अभियान पूरा गर्न मद्दत मिल्ने उनीहरू बताउँछन् ।

नेपाल सरकारले सरसफाइ दूत नियुक्त गरेयता उनीहरू सन् २०१७ भित्र नेपाललाई खुला दिशा मुक्त बनाउने अभियानमा खटिएका छन् । सरसफाइको मु्द्दालाई राष्ट्रिय मुद्दा बनाइनु पर्ने भन्दै उनीहरूले ’सबै जनता सबै दल, सरसफाईमा लगाऊँ बल’ भन्ने नारा अघि सारेका छन् ।

हालै सम्पन्न भर्जिनिया र बोस्टनको कार्यक्रमबाट ९ हजार डलर संकलन गरिसकेका उनीहरूको अमेरिकी यात्रामा गायकगायिका पशुपति शर्मा, संगीता थापा मगर र गायक प्रमोद खरेल पनि सहभागी छन् ।

 

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...