थप समाचारबिहीबार, बैशाख ३, २०७२
किशाेरीसँग शारीरिक सम्बन्ध राख्नेलाई बलात्कार मुद्दा
तेह्र वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा काठमाडाैं लाजिम्पाटका नीलकण्ठ महर्जन पक्राउ परेका छन् ।
किशोरीको सहमतिमा आफूहरुबीच शारीरिक सम्बन्ध भएको बयान अभियुक्त महर्जनले दिएको हनुमानढोकास्थित महानगरीय प्रहरी परिसर प्रवक्ता विश्वराज पोखरेलले बताए ।
सोह्र वर्ष मुनिकालाई सहमतिमा करणी गरे पनि बलात्कार मानिने भएकाले अभियुक्त महर्जनविरुद्ध जबरजस्ती करणीको कसुरमा पक्राउ गरिएको उनले बताए ।
गत २१ चैतदेखि उनीहरुबीच शारीरिक सम्बन्ध कायम रहेको किशोरीका बाबुले थाहा पाएपछि उनले प्रहरीमा उजुरी गरेका थिए । रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
