समाचारबिहीबार, बैशाख ३, २०७२

सूर्यबहादुर थापाकाे पार्थिव शरीर काठमाडाैं ल्याइयाे

हिमालखबर

राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपा अध्यक्ष पशुपतिशमशेर राणा लगायत नेताहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ।

राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपा अध्यक्ष पशुपतिशमशेर राणा लगायत नेताहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ।

उपचारका क्रममा भारतमा निधन भएका पूर्व प्रधानमन्त्री तथा राप्रपाका नेता सूर्यबहादुर थापाकाे पार्थिव शरीर काठमाडाैं ल्याइएकाे छ ।

थापाकाे शव  विषेश विमानबाट काठमाडाैं विमानस्थालमा ल्याइएपछि उनको निवास मालिगाउँ लगिएको छ ।

सरकारले राजकीय सम्मानका साथ थापाकाे अन्त्येष्टीकाे तयारी गरेकाे छ भने ४ चैतमा सार्वजनिक विदा दिइएकाे छ ।

मालिगाउँस्थित थापाकाे निवासमा उनकाे शव ल्याइएपछि पूर्वप्रधानमन्त्रीहरु बाबुराम भट्टराई, लोकेन्द्रबहादुर चन्द र तुलसी गिरीले त्यहाँ पुगी श्रद्धाञ्जलि व्यक्त गरे ।

सो अवसरमा राप्रपा नेता पशुपति शम्सेर जवरा, राप्रपा नेपालका अध्यक्ष कमल थापा, नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय सम्शेर जवरालगायतले श्रद्धाञ्जलि दिए ।

दिवङ्गत थापाको पार्थिव शरीरलाई भोलि बिहान १० बजे पार्टी कार्यालय चावहिलमा र त्यसपछि सार्वजनिक श्रद्धाञ्जलिका लागि दिउँसो १२ बजे दशरथ रङ्गशालामा राखिने पार्टीका सहप्रवक्ता किरण गिरिले बताए । ४ बैशाख साँझ उनको अन्त्येष्टी हुनेछ ।

नेता थापाको निधनबाट अाेली स्तब्ध

अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष तथा पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको असामयिक निधनबाट आफू स्तब्ध भएको बताएका छन् ।

अध्यक्ष ओलीले शोक वक्तव्य जारी गरी आफूलाई समयानुकूल ढाल्न सक्ने गतिशीलताको पर्यायका रुपमा स्थापित तथा गणतन्त्रको स्थापनालाई सहजै स्वीकार गरेर अन्ततः परिवर्तनको पक्षमा दृढतापूर्वक थापा उभिएकाे अाेलीले उल्लेख गरेका छन् ।

संविधानसभाको दोस्रो निर्वाचनपश्चात् ज्येष्ठ सदस्यका हैसियतमा सभाध्यक्षको निर्वाचनअघि उनले निर्वाह गर्नुभएको नेतृत्वदायी भूमिका महत्वपूर्ण रहेको भन्दै अध्यक्ष ओलीले संविधानसभाबाट नयाँ संविधान जारी गरी २०६२/०६३ को परिवर्तनका उपलब्धिलाई संस्थागत गरेर अघि बढ्ने प्रक्रियामा उनको निधनले मुलुकलाई नै अपुरणीय क्षति पुर्‍याएको वक्तव्यमा उल्लेख गरे ।

यसअघि, नेपाली कांग्रेसले पनि शाेक बक्तव्य जारी गर्दै श्रद्धाञ्जली दिएकाे थियाे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>