थप समाचारबिहीबार, बैशाख ३, २०७२

एसिड अाक्रमण गर्ने जीवन विक पुर्पक्षका लागि थुनामा

हिमालखबर

11076086_10153230586909048_1315176511_nगत १० फागुनमा बसन्तपुरमा दुई छात्रामाथि एसिड अाक्रमण गर्ने जीवन विकलाई काठमाडौँ अदालतले पुर्पक्षका लागि थुनुवाईमा राख्ने आदेश दिएको छ ।

काठमाडौँ अदालतका न्यायाधीश स्वीकृति पराजुलीको इजलासले विकलाई पुर्पक्षका लागि थुनामा पठाई कारबाही गर्ने आदेश दिएको अदालतका श्रेस्तेदार श्रीप्रसाद सञ्जेलले बताए ।

विकका विरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले गत २० चैतमा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको थियो । रिटमा आरोपित विकलाई १२ वर्ष जेल सजाय हुनुपर्ने माग गरिएको थियो ।

मुलुकी ऐनमा ज्यानसम्बन्धी महलमा तेजाब आक्रमणबारे कुनै उल्लेख छैन । ज्यानसम्बन्धी महलमा १६ नम्बरमा ज्यान मारेको भए १० वर्षदेखि १५ वर्ष र नमरेको भए पाँचदेखि १२ वर्षसम्म जेल सजाय हुने उल्लेख छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>