थप समाचारशुक्रबार, बैशाख ४, २०७२

ग्राण्डी अस्पतालमा निःशुल्क हेमोफिलिया परीक्षण

हिमालखबर

unnamedविश्व हेमोफिलिया दिवसको अवसमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले निःशुल्क हेमोफिलिया स्वास्थ्य परीक्षण शिविर संचालन गरेको छ ।

नेपाल हेमोफिलिया सोसाइटीसँगको सहकार्यमा अस्पतालले आफ्नै परिसर भित्र आयोजना गरेको शिविरमा नेपाल हेमोफिलिया सोसाइटीमा सदस्य रहेका ४९ जना हेमोफिलिकहरुले स्वास्थ्य परिक्षण गराएका थिए ।

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका अर्थोपेडिक तथा जोर्नी प्रत्यारोपण सर्जन डाक्टर भास्करराज पन्तले शिविरमा आएका हेमोफिलिकहरुको स्वास्थ्य परिक्षण गरेका थिए ।

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको फिजियो थेरापि डिपार्टमेण्टका यम बहादुर खत्रीले हेमोफिलिया मैत्री फिजियो थेरापिवारे परामर्श तथा प्रशिक्षण दिएका थिए ।

वंशानणुगत रुपमा हुने हिमोफिलिया रगतमा विशेष प्रकारको प्रोटिन फ्याक्टरको कमीका कारण हुने र जोर्नीहरुमा लामो समयसम्म रगत नरोकिने भएकाले यसले जोर्नी बिगार्ने र अपाङ्ग पनि बनाउने डाक्टर पन्तले बताए ।

आन्तरिक रक्तश्रावले गर्दा मांसपेशी तथा जोर्नीहरुमा उत्पन्न हुने समस्याहरुको उपचार पछिल्लो पटक ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पनि शुरु गरेको छ ।

हिमोफिलिया निरुपणकालागि आवश्यक सम्पुर्ण उपकरणहरु उपलव्ध रहेको हुनाले निकट भविष्यमा नै फ्याक्टर टेष्ट पनि गर्न सकिने अवस्था रहेको छ । ग्राण्डी अस्पतालको आफ्नै ब्लड बैंकमा  रगत र रक्त तत्वहरु उपलव्ध रहेको छ ।

देशभर तीन हजारको हाराहारीमा रहेका हेमोफिलिया पिडितहरु र सोसाइटीको सदस्यता लिएका पाँचसय जनाको लागि उपलब्ध गराइएको फ्याक्टर अझै पर्याप्त नरहेको अवस्था छ ।

नेपाल सरकार र नेपाल हेमोफिलिया सोसाइटीले वा नीजि क्षेत्रले सुलभ मूल्यमा र सहज रुपमा फ्याक्टरहरु उपल्व्ध गराउन सकेको खण्डमा नेपालमा नै हेमोफिलिया पिडितहरुलाई उपचार गर्न, जोर्नी प्रत्यारोपण गर्न र आर्थोस्कोपिक क्लिलिङ गर्न समेत सक्ने अवस्थामा रहेको समेत डाक्टर पन्तले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>