रमझमशुक्रबार, बैशाख ४, २०७२
आँखाभरि अन्नपूर्ण पाइलाभरि हिउँ(फाेटाेफिचर)
शब्द/तस्वीरः देवेन्द्र शाही
पोखरामा बस चढेको डेढ घन्टामा पुगिन्छ, नयाँपुल। यहींबाट शुरु हुन्छ– अन्नपूर्ण पदयात्राको नयाँपुल–घोरेपानी रुट।
यताबाट धौलागिरि हिमालको पूर्ण भाग नियाल्न पाइने हुँदा यो रुट बढी प्रचलित छ। घोरेपानीबाट एक घण्टा उकालो हिंडेपछि पुगिने पुनहिलबाट धौलागिरि, अन्नपूर्ण साउथ र माछापुच्छ्रे्र एकै नजरमा अटाउन आइपुग्छन्।
यहाँबाट एक दिन हिंडेर टाढापानी नपुगुञ्जेल यो दृश्य कायम रहन्छ। वसन्तमा बाटोभरी ढकमक्क लालीगुराँसको छटा त छँदैछ!
पुनहिलबाट रमिता हेर्दै हिंड्दा छुर्मुङमा बास हुन्छ। छुर्मुङबाट देउरालीहुँदै उकालो लागेको दुई घण्टामा र पोखराबाट हिंडेको छैटौं दिनमा माछापुच्छ्र्र्रे बेसक्याम्प पुगिन्छ।
यहाँबाट हेर्दा ६,९९३ मीटर अग्लो माछापुच्छ्रे्र आँखा सामुन्ने ठिंग उभिएको हुन्छ। माछापुच्छ्रे्रको पूर्वमा गंगापूर्ण (७,४५५ मीटर) र दक्षिणमा हिउँचुली (६,४११ मी) त्यसैगरी उभिएको देखिन्छ।
त्यसपछिको दुई घण्टामा हिम उपत्यकाबीच रहेको अन्नपूर्ण बेसक्याम्प पुगिन्छ। अन्नपूर्ण बेसक्याम्पबाट अन्नपूर्ण साउथ, माछापुच्छ्र्रे, गंगापूर्ण, अन्नपूर्ण १, २, ३ र हिउँचुली देखिन्छ।
यी हिमशिखरहरुमा हुने सूर्यास्त र सूर्योदय हेर्नु जीवनको सर्वाधिक रोमाञ्चकारी क्षण हुन्छ। त्यसैले हो, अन्नपूर्ण क्षेत्रको पदयात्रा धेरै पर्यटकको रोजाइमा पर्ने गरेको। यहाँको नयाँ कुरा भनेको, नेपाली र चिनियाँ यात्रुको संख्या बढ्नु हो।