रमझमशनिबार, बैशाख ५, २०७२

पहिले पढाई त्यसपछि अरुः पूर्वाञ्चल सुन्दरी

हिमालखबर

Priyanka Shrsetha२ वैशाखमा धरानमा आयोजि प्रतियोगिताबाट मिस पूर्वाञ्चल–२०१५ बनेकी प्रियंका श्रेष्ठले अहिले पढाईमै ध्यानकेन्द्रित गर्ने बताएकी छन् ।

छैठौं मिस पूर्वाञ्चाल बनेको अर्को दिन बधाई दिनेको बाटोभरी लर्को र घरमा ओइरो लागेपछि भने उनलाई आफूले केही उपलब्धि गरिछु भन्ने लागेको छ ।

अहिले काठमाडौंमा चार्टर्ड अकाउण्टेन्ट पढदै गरेकी उनले पढाइ सक्काएपछि मात्रै फिल्म र मोडलिङमा जाने नजाने बारे विचार गर्ने बताइन् ।

“सीएकै प्रोफेसनलाई अघि बढाउँदै समाजिक सेवा पनि गर्ने चाहना छ,” श्रेष्ठले भनिन्, “फिल्मबारे अहिले त सोचेकी पनि छैन ।”

प्रतियोगितामा विजयी भएपछि उनले स्कुटीसँगै हङकङको टुर बोनसमा पाएकी छन् ।

शब्द/तस्वीर सोहन श्रेष्ठ, धरान

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...