Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
आमा भन्नुहुन्छ, ‘तेरा सुख सब् मेरा’ - Himalkhabar.com

ब्लगशनिबार, बैशाख ५, २०७२

आमा भन्नुहुन्छ, ‘तेरा सुख सब् मेरा’

dewaki

नौ वर्षकी छँदा हाम्री आमाको विहे भयो, १५ वर्ष पुग्दा नपुग्दै म जन्मिसकेकी थिएँ । आमाले उहिलेका कुरा सुनाउँदा अहिले कथा पढेजस्तै लाग्छ ।

aamaसुदूरपश्चिमको दार्चुलाकी बालिका जसको नौ वर्षमै विहे भयो, उनले पढ्न पाउने कुरै भएन । किताब नपढे पनि जीवन पढेकी आमा प्रहरीमा कार्यरत बुवाको ब्यस्तताबीच हाम्रा लागि शिक्षक, साथी सबै बन्नुभयो । हामी हुर्कीसकेपछि फेरि विद्यार्थी बन्नुभयो र सिक्नुभयो किताबी हिसाबकिताब ।

समय पनि कस्तो ! आमालाई आफ्नो जन्ममिति थाहा नभए पनि मामाहहरुको जन्ममिति कण्ठै छ । दाजु–भाईको जन्मका आधारमा जोडघटाउ गर्दै अहिले आफ्नो जन्ममितिको अनुमान गर्नुहुन्छ ।

त्यसबेला छोरी जन्मनु कुनै घटना हुँदैनथ्यो, आमा जन्मेको पनि कसैलाई ‘विशेष घटना’ भएन, हजुरआमालाई केही कष्ट बाहेक । त्यसैले त त्यो मिति कसैलाई याद रहेन । सुदूरका कैयौं गाउँहरुमा अझै पनि छोरी जन्मनु कुनै घट्ना हुँदैन । पुरुषवादी त्यो सोचाइ शहरमा पनि प्रशस्तै देखे–भोगेकी छु फरक फरक स्वरुपमा ।

४ कक्षा पढ्दाको कुरा हो, त्यसबेला म बढ्तै बदमाश थिएँ क्यारे, आमाको मायाले पुलपुलिएकी । स्कुलमा धेरैबेर बस्न मन लाग्दैनथ्यो जतिबेला पनि आमा खोजिरहन्थें । स्कुल विदा हुनुअघि नै बहिनीलाई लिएर घर पुगिसकेकी हुन्थें । त्यो क्रम बढ्न थालेपछि आमाले स्कुलमा पुगेर सोधखोज गर्दा हामी स्कुलबाट भाग्ने गरेको थाहा भयो ।

नपढ्नेले घाँस काट, भैंसी चराऊ भन्दै आमाले एक दिन हाम्रा हातमा हँसिया थमाइदिनु भयो । घर नजिकैको जंगलमा दिदी–बहिनी हातमा हँसिया समातेर रोइरह्यौं । हँसिया दिंदै गर्दा आमाले पनि आँखा पुछेको अझै सम्झना छ । त्यसबेला हामीभन्दा बढी आमा नै रुनु भयो होला । घाँस काट्न आउँदैनथ्यो, घर जाने हिम्मत थिएन । मैले गर्दा बहिनीले पनि सजाय पाई, विचरी ।

त्यसपछि हाम्रो कक्षा कहिल्यै छुटेन, स्कुलबाट कहिल्यै भागिएन । आमाले आफूले नपढ्दाको दुख राम्रैसँग बुझ्नु भएको थियो । शायद त्यसैले हामीलाई पढ्न निकै प्रेरित गर्नुहुन्थ्यो । हाम्रो बदमाशी बढ्दै जाँदा उहाँ कडा देखिने प्रयास गर्नुहुन्थ्यो । सजाय दिंदा भने उहाँ आफैं पनि रुनुहुन्थ्यो ।

अहिले पनि हाम्री आमासँग आफूले सानोमा पढ्न नपाएको गुनासो छ तर, सन्तानको समृद्धि, सुखका अगाडि आफ्नो दुखगुनासो सबै विर्संदा रहेछन् आमाहरु । भन्नुहुन्छ, ‘मुइले धेख्या सपना सब् तेरा, तेरा सुख सब् मेरा ।”

सबै आमाहरुलाई नमन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>