रमझमशनिबार, बैशाख ५, २०७२

सङ्गीतकार भण्डारीका नौ एल्बम एकैसाथ विमोचन

हिमालखबर

tikaसङ्गीतकार टीका भण्डारीद्वारा सङ्गीतबद्ध नौ वटा एल्बम काठमाडौंमा एकैसाथ विमोचन भएको छ ।

८ गीतिएल्वम र एउटा प्यारोडी रिमिक्स गरी ९ वटा एल्बमको एकैसाथ ५ वैशाखमा पूर्व प्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता माधवकुमार नेपालले विमोचन गरेका हुन् ।

विमोचित एल्बममा देश, मायाको सहर, रोजाई, मन, समय–२, स्वर–सङ्गीत, वेष्ट अफ टीका भण्डरी, इतिहास, प्यारोडी रिमिक्स–नयाँ नेपालजात्रा रहेका छन् ।

नेता नेपालले नेपाली गीतसङ्गीत र चलचित्रले भारतीयसँग प्रतिस्पर्धा गरी उछिनेको आफूले हेर्न चाहेको बताए । उनले भने, “मधेश-तराईको गीतलाई पहाडमा र पहाडको गीतलाई मधेस-तराईमा फैलाई समाजलाई एकताबद्ध बनाउने सिर्जना गर्न म तपाईहरुलाई विशेष आग्रह गर्छु ।”

एल्वम्मा लोक, पप, आधुनिक गीत रहेको तथा सबै एल्वम्मा कम्तीमा एउटा राष्ट्रिय भावना बोकेको गीत समावेश गरेको सङ्गीतकार भण्डारीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>