थप समाचारसोमबार, जेठ ४, २०७२

राहत लिन गएकाको पहिरोमा परी मृत्यु

हिमालखबर

singatiदोलखामा भूकम्पपछि राहत सामग्री लिन घरबाट निस्केका चारजनाको पहिरोमा पुरिएर मृत्यु भएको छ ।

खोपाचाँगु गाविस–२ का २६ वर्षीय मानवीर थामी, ४९ वर्षीय वीर्ख थामी, १८ वर्षीय खेम थामी र १९ वर्षीया भगवती थामीको मृत्यु भएको हो । भूकम्पपछि त्रिपाल र खाद्यान्नलगायतका राहत सामग्री लिन उनीहरू सिँगटी बजार आएका थिए ।

चारै जनाको शव आज निकालेको चरिकोटस्थित बर्दबहादुर गणका सेनानी राजन दाहालले जानकारी दिए । पहिरोमा पुरिएका अन्य तीनको शवसमेत उत्खनन गरी निकालिएको छ । “सनाखत हुन नसकेका तीन शव काठमाडौँ पठाएका छौँ” उनले भने ।

यसैगरी सुरी गाविसको भोर्ले भीरमा दुई वटा शव पहिरोमा पुरिएको अवस्थामा रहेको छ । वैशाख २९ गतेको पराकम्पनपछि आएको पहिरोमा सुरी गाविस–२ का १८ वर्षीय सुकराज गुरुङ र खारे गाविस–९ का १६ वर्षीय विजय गुरुङ पुरिएको अवस्थामा रहेका स्थानीय लिला गुरुङले जानकारी दिइन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>