थप समाचारमंगलबार, जेठ १२, २०७२

भूकम्प पीडितले जस्तापाता पाए

हिमालखबर

-सानुबाबु तिमिल्सिना, धादिङ

jथाक्रे–३, रानीबारी धादिङका भूकम्प पीडित परिवारलाई विभिन्न देश पुगेकाहरुले जस्तापाता पठाइ दिएका छन् ।

अमेरिकाको क्यालिफोर्निया र पृथ्वी राजमार्गमा नमस्ते नेपाल होटेल सञ्चालन गर्दै आएका रसुवाका गोविन्द ढकाल, लण्डन बस्ने स्थानीय रामकृष्ण थापा, जर्मनी बस्ने सन्तोष ओझा र दुवईकी सितलले पिडितलाई छानो हाल्ने जस्ता पठाएका हुन् ।

नमस्तेका सञ्चालक ढकालले २ लाख, लण्डनमा सामान्य जागिरे थापा र किरण भण्डारीले ९६ हजार, ओझाको संयोजनमा संकलित ५० हजार, दुवईकी सितलले ५० र कुम्पुर घर भई काठमाडौं बस्दै आएका श्यामचन्द्र खतिवडाले ९ हजार गरी ४ लाख ५ हजारमा ९० बण्डल जस्ता खरिद गरेर पिडित गाउँमा पुर्‍याइएको थियो ।

उनीहरुले रानीबारीका एक सय भन्दा बढी परिवारलाई एक÷एक बण्डल जस्तापाता पठाएका हुन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>