रमझमआइतबार, कार्तिक २६, २०६९
कलाकार मुकेशको “इको अफ मुस्ताङ”
शिक्षाका लागि पाइला (पेग–नेपाल) को आयोजना तथा पुथाङ गाउँ समाज मुस्ताङ तथा नेपाल ललितकला मञ्च धौलागिरीको संयोजनमा ७ दिने प्रर्दशनी जोमसोम पुथाङ सामुदायिक हलमा पर्यटन व्यवसायी तथा समाजसेवी अर्जुन सिंह तुलाचनले एक कार्यक्रमविच उद्घाटन गरे ।
प्रर्दशनीको उद्घाटन गर्दै तुलाचने हामी आफ्नै सम्पदा र संस्कृतिलाई पहिचान गर्न नक्सदा पछी पर्दै गइरहेको, त्यसको फाइदा विदेशीले लिइरहेका बताए । उनले यस्ता प्रकारका कला प्रदर्शनीले समाजमा चेतानाको विकास र राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा पहिचान गराउन सकिने उल्लेख गरेका थिए । प्रदर्शनीमा राखिएका कला कृतिको विक्रीबाट मुस्ताङका बालबालिकाहरुको शैक्षिक, कला तथा साहित्यको क्षेत्रमा उत्थान गर्न कार्यक्रमको आयोजना गरिएको पेग नेपालका संयोजक मनीषा गौचनले बताए ।
कलाकार मुकेश श्रेष्ठ करिब २ बर्ष अगाडि मुस्ताङ भ्रमण गर्दा यहाँको प्राकृतिक बरदान र संस्कृतिबाट लालाहित भएर आफूले मुस्ताङ जिल्लाको चित्र उतार्न लागेको बताउँछन् । उनले निरन्तर मुस्ताङका गाउँ गाउँमा गएर चित्र अभियान शुरु गरि अहिले प्रर्दशनीमा ल्याउन सफल भएको बताए । ३० देखि ४५ हजार सम्मका २४ थान कला कृतिहरुलाई प्रदर्शनीमा राखिएको छ । पुथाङ गाउँ समाजका मुखिया कृष्ण गौचनको अध्यक्षतामा भएको उक्त कार्यक्रममा समकालीन नेपाली कलामा धौलागिरी अञ्चलको स्थिती तथा कलाकार श्रेष्ठका कलाकृतिहरुको समिक्षा र कार्यक्रम सञ्चालन नेपाल ललतिकला मञ्चका गणेश कुमार जीसीले गरेका थिए । पर्यटकको सिजन संगै भएको कला प्रर्दशनी मंसिर २ गते सम्म सञ्चालन हने आयोजकले जनाएको छ ।
समारोहमा नेपाल रेडक्रस सोसाइटी मुस्ताङका सभापति चन्द्र बहादुर थकाली, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना जोमसोमका कार्यालय प्रमुख सन्तोष शेरचन, पुथाङ महिला बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष प्रमीला गौचन, मुस्ताङ अपाङ्ग समाजका अध्यक्ष आइतलाल थकाली, नेपाल राष्ट्रिय शिक्षक संगठन मुस्ताङका अध्यक्ष शेरबहादुर गुरुङ, इको म्युजियमका कार्यालय प्रमुख बुद्धिमाया गुरुङ, खाद्य संस्थान मुस्ताङका प्रमुख दर्शन कुमार कोइरी र फ्रान्सेली नागरिक तथा कलाप्रेमी डोरेन पिरेरे ले मुस्ताङको प्राकृतिक तथा सांस्कृतिक सम्पदाको महत्वलाई यस्ता चित्रकला प्रदर्शनीले प्रचार प्रसार गरि पर्यटन प्रबद्र्धन तथा मुस्ताङमा कला, चेतनाको संरक्षण र विकास गर्न सकिने धारणा व्यक्त गरेका थिए ।
-सुमन पुन , जोमसोम
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
