थप समाचारबिहीबार, भाद्र १७, २०७२

५३ सवारी साधनलाई गन्तव्यतर्फ पठाइयो

हिमालखबर

birgunjवीरगञ्जबाट ५३ वटा मालबहाक सवारी साधन १६ भदौ राति स्कर्टिङ गरी गन्तब्यतर्फ पठाएको छ ।

१८ दिनदेखिको बन्दका कारण भन्सार क्षेत्रमा अलपत्र परेका मालबहाक सवारी साधनहरु सुरक्षा निकायको स्कर्टिङ मार्फत गन्तव्यतर्फ पठाईएको भन्सार कार्यालयका सूचना अधिकारी सुशील शर्माले जानकारी दिए ।

“चालकले जोखिम हुने भन्दै जान डराएका कारण जाँच पास भैसकेका ५०/६० वटा सवारी साधन यार्डमै थन्किएको छ,” उनले भने ।

२९ साउनदेखि आन्दोलनरत मधेशी मोर्चाले देशकै मुख्य भन्सार नाका ठप्प पारेका कारण भन्सार क्षेत्रमा थुप्रै मालवाहक सवारी साधन अलपत्र छन् ।

प्रशासनले रातिको समयमा सुरक्षा घेरामा राखेर सवारीसाधनलाई गन्तव्यतर्फ पठाउने प्रयास गरिरहे पनि मोर्चाको अवरोधका कारण समस्या आउने गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>