समाचारशुक्रबार, कार्तिक २७, २०७२
तिहारको टीका, दाजुभाई र दिदीबहिनीबीच उल्लासका साथ मनाइयो

तस्वीर: रासस
तिहारको पाँचौँ दिन २७ कात्तिकमा दिदीबहिनी र दाजुभाइबीच श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य एवम् ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी टीका लगाई मनाइएको छ ।
दिदीबहिनीले दाजुभाइलाई र दाजुभाईले दिदी बहिनीलाई पञ्चरङ्गी टीका लगाइदिएर अखण्ड सौभाग्य, सुखद् जीवन र ऐश्वर्य वृद्धिको कामना गरिने शास्त्रीय विधान छ ।
आज टीकाको साइत मध्याह्न ११:५५ मा उत्तम रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
यस वर्ष टीका लगाइदिने दिदीबहिनी पश्चिम र दाजुभाइ पूर्व फर्कनुपर्नेसमितिले जनाएको छ ।
“सप्तरङ्गी टीका भनी विभिन्न ढङ्गले प्रचार प्रसार गरिए पनि तिहारमा लगाइने टीकाको रङ रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँच वटा भनी शास्त्रमा उल्लेख गरिएको छ” समितिका अध्यक्ष एवम् धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले भने ।
दिदीबहिनी नहुनेका लागि आजैका दिन काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर भूकम्पले क्षतिग्रस्त भएकाले बाहिरैबाट दर्शन गर्ने व्यवस्था मिलाइने बताइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
