समाचारमंगलबार, मंसिर २९, २०७२
ट्याक्टर दुर्घटनामा चार जनाको मृत्यु
गुल्मीको हस्तिचौरमा ट्याक्टर दुर्घटना हुँदा चार जनाकोे ज्यान गएको छ ।
२८ मंसीर राति भएको दुर्घटनामा ट्याक्टर चालक हसिचौर–६ का १९ वर्षीय वैकुण्ठबहादुर मुखिया, सोही गाविस– ३ का ६५ वर्षीय तिर्थबहादुर खत्री, वर्ष ५८ का चन्द्रबहादुर कुँवर र वर्ष २६ का जुद्ध मुखियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
दुर्घटनामा एक जना घाईते वनेका छन् । घाईतेको जिल्ला अस्पताल तम्घासमा उपचार भैरहेको छ ।
सदरमुकाम तम्घासदेखि खुद्रा सरसामान लिएर हस्तिचौरतर्फ जाँदैगरेको लु २ त ४८३१ नम्वरको ट्याक्टर कालाखोला भन्ने ठाउँमा दुर्घटना भएको थियो ।
ट्याक्टर सडकवाट ५ सय मिटर तल भीरमा खसेका कारण स्थानीयवासी र प्रहरीलाई उद्धारमा कठीनाई भएको थियो ।
गगनशिला खड्का, गुल्मी
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
