थप समाचारमंगलबार, पौष ७, २०७२
नाकाबन्दीको उपलब्धीः मधेशलाई पीडा मात्रै
भारतीय नाकाबन्दीलाई सहयोग पुग्नेगरी संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले वीरगञ्जको मितेरी पुलमा धर्ना दिन थालेको तीन महीना पूरा भएको छ ।
संविधान जारी भएको पर्सीपल्ट ५ असोजबाट भारतले आयातमा अवरोध गर्न थालेको दुई दिनपछि मोर्चाले मितेरी पुलमा धर्ना दिन थालेको हो ।
सीमाकंनमा तीव्र असहमति जनाउँदै विरोधसभा, आमहड्ताल, चक्काजाम, राजमार्ग अवरुद्धदेखि नाकामा धर्ना दिदै आएको मोर्चाकै कारण मुलुकले खर्बाैको क्षति बेहोरिसकेको छ ।
देशकै प्रमुख नाका वीरगञ्ज भञ्सार कार्यालयको तथ्याङ्क अनुसार यो तीन महीनाको नाकाबन्दीले २४ अर्ब ७६ करोड भन्दा बढी राजश्व गुमाएको छ । साउनदेखि मंसीरसम्मको ३९ अर्ब ४५ करोड ३० लाख ६६ हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएको भन्सार कार्यालयले १४ अर्ब ६८ करोड ६९ लाख ४५ हजार मात्रै संकलन गरेको छ । भन्सार कार्यालयले मात्रै २ सय ६८ प्रतिशत राजश्व घाटा बेहोरेको छ ।
सीमाको अवरोधले नेपालमै अड्किएका भारतीय सवारी चालकले आफ्ना सवारी साधन भारत पुग्ने व्यवस्था गरिदिन भन्दै वीरगञ्जस्थित भारतीय दूतावासको गेट अगाडी धर्ना दिनासाथ १६ कात्तिकमा भारतीय सुरक्षा निकाय एसएसबीसँग समन्वय गरेर ती ट्रकहरु भारत पठाइयो, तर तीन महीनादेखि नेपाल आउने प्रतिक्षामा भारतीय क्षेत्रमा रोकिएका मालबाहक गाडीहरु अहिलेसम्म नेपाल आउन सकेका छैनन् ।
भारतका गाडी फर्किन दिने तर नेपाल आउने गाडी रोक्ने मोर्चाको व्यवहारका कारण भएको झडपमा प्रहरीको गोली लागेर भारतीय नागरिक कुमार रामको समेत मृत्यु हुन पुग्यो । तथापी, मोर्चाकै सहयोगमा भारतीय पक्षले नाका खोलेन ।
आन्दोलनबारे आफैं प्रष्ट नभएको मोर्चा १३० दिन लामो आन्दोलनका क्रममा ११ बुँदेमा आइपुगेको छ भने सरकारले ३ बुँदे संविधान संशोधनको प्रस्ताव अघि बढाएको छ । ४ पुसमा मन्त्रिपरिषद्ले गरेको निर्णयको भारतले स्वागत गरिसकेकाले नाका खुल्ने आशा पलाएका बेला वीरगञ्जका स्वयम् आन्दोलनकारी भने खुशी हुने अवस्थामा छैनन् ।
हिन्दुहरुको महान चाडपर्व दशैँ, तिहार, छठ आन्दोलनमै बिते, चार महीनादेखि बालबालिकाले पढ्न पाएका छैनन् भने गरिखाने वर्गको दिनचर्या टिठलाग्दो बन्दै गएको छ । धर्नामा बस्नेहरु समेत थाकेको बताउन थालेका बेला मोर्चाले घोषणा गरेको ‘अन्तिम धक्का’ फितलो देखिएको छ ।
-जियालाल साह, वीरगञ्ज
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
